रौतहटमा बाढी पिडितलाई बस्ति हस्तान्तरण गर्न ९५ लाख पुगेन ,,

१५ माघ, रौतहट – सन्तपुरमा बाढी पीडितका लागि बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले आउँदो २३ माघमा बस्ती हस्तान्तरण गर्ने भएका छन् ।

निर्माण प्रारम्भ गर्दा २४ माघमा बस्ती हस्तान्तरण गर्ने घोषणा गरे पनि एक दिनअघि नै हस्तान्तरण गर्न लागेको उनले बताए । विकास निर्माणको काम छिटो छरितो होस् भन्ने सन्देस दिनका लागि तोकेको भन्दा एकदिन अघि नै हस्तान्तरण गर्न लागेको कट्टेलको भनाइ छ ।

 

पाँच करोड ९५ लाख अनुमानित लागत रहेको उक्त बस्तीका लागि ५ करोड जुटिसकेको छ भने अहिलेसम्म ९५ लाख अपुग छ । ‘मैले हात जोडिरहेको छु, ९५ लाख पनि उठ्छ भन्ने लागेको छ, म निराश भएको छैन ।’

भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती निर्माणमा जुटेका सीतारामले घरहरुको फिनिसिङ र भ्यु टावर निर्माणको काम जारी रहेको बताए ।

बस्ती हस्तान्तरणका लागि अझै एक साता बाँकी रहेकाले अपुग रकम उठ्नेमा उनी आशावादी छन् । ‘हस्तान्तरणको दिनसम्म उठेन भने पनि म अभियान जारी राख्छु । सन्तपुरवासीको पक्की घरमा बस्ने सपना पुरा गरेर छाड्छु’ उनले भने ।

यसलाई पनि पढ्नुहोस ,,,
आफ्नै श्रीमतीको हत्या…..

१५ माघ, झापा । मादक पदार्थ सेवन गरी श्रीमतिको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ५५ वर्षीय किशोर दनुवार छन् ।

मादक पदार्थ सेवन गरेका दनुवारले आइतबार घरायसी विवादमा ५२ वर्षीया श्रीमती डोमणी दनुवारलाई कुटपिट गरी हत्या गरेको खुलेको छ ।

घटनाको विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।