घुस खाने प्रक्रिया कहिले सम्म मालपोतका शाखा अधिकृत घुस सहित पक्राउ ,
चैत ५ ,काठमान्डौ – मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृतलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ।
मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारको टोलीले बताएको हो।
जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय नजिकैको खाजाघरबाट बिहीबार दिउँसो करिब २ बजे उनलाई नियन्त्रणमा लिएको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले जानकारी दिए ।
जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उनले बताए ।पछिल्लो समय विभिनन स्थानमा सेवाग्राहीबाट घुस खानेहरु पक्राउ पार्न गरेका छन्।