रुकुम चौरजहारी

संसदको बैठक आज बस्दै ,

रुकुम आठ विसकोट

चैत ६ ,काठमान्डौ – आज दिउँसो १ बजे संसदको बैठक बस्नेगरी बोलाईएको छ। प्रतिनिधिसभाको सातौं अधिवेशन बैठक सुरु भएको दुई सातापछि संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताले शुक्रबार मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्चले ब्युँत्याएपछि फागुन २३ गते पहिलो बैठक बसेको थियो। बैठकमा सत्तापक्षको असन्तुष्ट पक्ष र प्रतिपक्षको विरोधका कारण असहज अवस्था सिर्जना भएपछि बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिँदै आएको छ ।

सभ्वाता आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन-२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिपक्षी दलहरूको विरोधका कारण थप ७ अध्यादेश पुनः पेस गर्ने योजना सरकारले ल्याएको छैन । शुक्रबार बस्ने चौथो बैठकमा पनि अध्यादेश र विधेयक पेस गर्ने कार्यसूची छैन ।