यिनै व्यक्ति हुन् धादिङमा महिलालाई जिउदै खाडलमा पुर्ने सल्यानका भिमबहादुर जसलाई भारतबाट पक्राउ गरियो ,
चैत ७ ,काठमान्डौ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ कि ४० वर्षीय सरस्वती कुमाललाई जेसिबिले ठक्कर दि एर जिउदै खाडलमा पुर्ने घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।
घटनापछि फरार भएका अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
गत फागुन १७ गते दिउँसो अन्दाजी साढे २ बजेको समयमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ सरस्वति कुमाल घाँस बोकेर घर जानेबेलामा कुमाललाई जेसिबीले ठक्कर दिई घाइते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।
खाल्डो खनेर पुर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि चालक फरार भएका थिए ,स्थानीयले सरस्वतीलाई उद्दार गरेपनि उनको मृत्यु भईसकेको थियो। प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबी चालक सल्यान जिल्ला छायाँ क्षेत्र गाविस वडा नम्बर ९ तथा हालको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँका २२ वर्षीय जीवन भन्ने भीमबहादुर बुढाथोकी हुन्।
हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो ,प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ। धादिङबाट भागेर सुरुमा दाङ पुगेका बुढाथोकीले आफन्तबाट केहि रकम लिएर नेपालगञ्जको बाटो हुँदै भारतको हरियाणामा रहेका आफन्तकोमा बस्न पुगेका थिए ।
हरिद्वारमै बस्ने क्रममा उनी ४ दिनअघि मात्रै नेपालगञ्ज आएका थिए । नेपालगञ्जको एक होटलमा उनी एक युवतीसँग ३ दिन बसेका थिए । सिआईबिको टोलीले जानकारी पाएपछि उनि बुढाथोकी तेहाबाट पनि भागेर पुन हरिद्वार पुगिसकेका थिए।
मोबाईल डिटेल र लोकेसनको आधारमा प्रहरीले पक्राउ गर्नसक्ने भन्दै उनले होटेलमा मोबाईल र सिम समेत भाँचेर फालेका थिए। डोजर चालकको लाईसेन्स पनि नभएको खुलेको छ ,लाईसेन्स नभएको ब्याक्तिलाई डोजर चलाउन दिने र महिलाको हत्या गरेका बुढाथोकीलाई कर्तव्य ज्यानमै मुद्दा चलाईने प्रहरीले बताएका छ भने डोजर मालिकलाई पनि मुद्दा चलाने जनाएको छ।