आइपिएल उपाधिका लागि आहिले चेन्नेई र हैदरावादको भिडन्त जारी, चेन्नेई बलिङ् गर्दै ,,

१३ जेठ,काठमाडौँ । इण्डियन प्रियिमर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आहिले सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुदैछ ।

चेन्नई सुपरकिंग्सका कप्तान धोनीले टस जित्यर बलिङ् गर्ने निर्णय गरेका छन् ।

 

मुम्बइको वाङखाडे रंगशालामा जारी खेल निकै नै रोमान्चक हुने अपेक्षा गरिएको छ । हैदरावादलाई हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा पुगेको हो।

 

lekbesi

यो भन्दा अगिका सबै भिडन्तमा चेन्नेई विजयी भएको छ । आज हैदरावादलाई त्यसको बदला लिनुका साथै उपाधि जित्ने मौका पनि हुनेछ।