४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका दुर्गाप्रसादले आमालाई ल्याईदिएका रहेछन मिठाई ,

चैत ८ ,काठमान्डौ – ४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आइतबार अपरान्ह इलामस्थित घर पुगेर आफ्नी आमासंग भेट गरेका छन् ।

हलो जोत्न भन्दै हिडेका दुर्गाप्रसादलाइ देखेपछि ८६ वर्षकी आमा धनमाया तिम्सिनाले भनिन्,के भएको बाबु तलाई साह्रै दुब्लाएछ त?’ हलो जोत्दाजोत्दै देश गएर कमाएर ल्याउँछु भनेको थियो, हराएको हरायै भयो।

तेस्पछि दुर्गाप्रसादले आमालाई मिठाई ल्यादीएका थिए ,उनले आमालाई मिठाई खुवाईदिए एक अर्कामा खुसि साटा साट गरे।

कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका थिए। उनी आज अपरान्ह इलामस्थित घर पुगेका हुन्। ८६ वर्षकी आमाले आफुले छोराको बाटो हेरिरहेको र अहिले भेट भएको बताईन।

दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए। त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि लगाईएको थियो । तर उनीमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ ।

प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्‍याइएको पाइएको छ । दुर्गाप्रसादको मुद्दा अझै टुंगो लागेको छैन। उनि ४० वर्ष बिना सुनुवाई जेल बसेका थिए।

तर दुर्गाप्रसाद एकहोरो टोलाई रहने गरेको उनका भाई प्रकाश तिम्सिनाले बताए ,सायद लामो समय जेलमा अबसर होला दाई तेती बोल्नु भएन मैले आमालाई बोलाउनुस भनेपछि एक पटक आमा भन्नु भयो।

जेलमा दुर्गाप्रसादलाई मानसिक शारीरिक यता दिएर होला तेती बोल्नु हुन्न उनले भने। तेस्तै भाइ प्रकाश तिम्सिनाले बिना सुनुवाइ ४० बर्ष जेल बसेका दाजुको क्षतिपूर्तिका लागि फेरि भारतीय अदालत जाने बताएका छन् । यसका लागि नेपाल सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।