क्वारेन्टाइन र आईसोलेसन तयारी अवस्थामा राख्न गृहको पत्राचार ,
चैत ११, काठमान्डौ – पछिल्लो समययता नेपालमा कोरोना महमारीको जोखिम पुनः बढ्न सुरु गरेपछी गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र जारी गरेको छ ।
साथै मन्त्रालयले स्वास्थ मापदण्ड अनिवार्य लागु गर्न र क्वारेन्टिन,आईसोलेशनको सुबिधा तयार राख्न पनि निर्देशन दिएको हो ।
नेपालमा कोरोना संमक्रमनलाई मध्यनजर गर्दै लकडाउनभरी ७७ जिल्लाका विध्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमन बढ्दै गैइरहेकोले नेपालमा पनि तेसको असर पर्ने भन्दै नाकामा कढाई गर्नपनी गृहले जानकारी गरिसकेको छ ।
तेस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विभिन्न सभा सम्मेलन नगर्न सबैमा अनुरोध गरेको छ ।
यस्तै प्रधानमन्त्री केपि शर्मा ओलिलेपनि नेपालमा तत्कालै लकडाउन नहुने बताएका छन ।