एती एयरलाइन्समा चरा ठोकियो ठुलो दुर्घटनाहुन बाट जोगियो ,,

जेठ १३ – चितवन ,,एती एएयरलाइन्समा चरा ठोक्कियपछि भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरियको छ ।,

भरतपुरबाट काठमाडौंका लागि उडेको यति एयरको जेट स्टिम विमानमा अपरान्ह ४ बजेर १० मिनेट चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको विमानस्थलले जनाएको छ ।

उडेको केही क्षणमा नै जहाजमा भरतपुर रिजालचोकमाथि पुग्दा भगेरो चरा इन्जिनमै पसेपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए ।

lekbesi

यति एयरलाइन्सको नाइन एन एआइएस कल साइनको जहाजमा २२ जना यात्रु थिए । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने वित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन् ।

समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । यात्रुहरुलाई अर्को जहाज झिकाएर काठमाडौं पठाइएको सिंहले जानकारी दिए । चरा ठोक्किएको जहाज परीक्षणका लागि काठमाडौंबाट इन्जिनियरहरु आएका छन् ।

यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो । चेक जांच गरेपछि मात्र जहाज उडाउना मिल्ने वा नमिल्ने भन्ने बारे थाहा हुने छ ।