जसले ह्विलचेयर मार्फत पूर्व मेची देखि पश्चिम महाकालीको यात्रा गरेर रेकर्ड राखे ,सुन्दर ढोका साथि समाजले गर्यो अभिनन्दन ,
चैत १२ ,काठमान्डौ – ह्विलचेयर मार्फत पूर्व मेची देखि पश्चिम महाकालीको यात्रा गरि रेकर्ड राख्न सफल ब्याक्ति राम बहादुर तमाङ्गलाई आज सुन्दर ढोका साथि समाजले एक कार्यक्रम गरि हार्दिक अभिनन्दनका साथै स्वागत गरेको छ।
शारीरिक अपाङ्गता भएरपनि २७ दिनमा तामाङ्गले पूर्व मेची देखि पश्चिम महाकाली नेपालको पिल्लर नु ७
,गड्डा चौकीसम्म यात्रा गरेर आजमात्र काठमान्डौ फर्कीएका छन्। सुन्दर ढोका साथि समाजले बागबजारको हार्दिक होटेलमा एक कार्यक्रम गर्दै तामाङ्गलाई स्वागत गरेको हो।
तेस्तै तामाङ्गको यो यात्रा भरि सुन्दर ढोका साथि समाजका कार्यकारी निर्देशक विकास अधिकारीले साथ् दिएका छन्। सिन्धुपाल्चोकको बलेफी गाँउपालिका ७ मा जन्मीएका राम तामाङ्गलाई अपाङ्गता भएर पनि आफ्नो हिक्मत नहार्ने र देशमा केहि गर्न सकिन्छ भनेरहौसला दिने आफ्नै छिमेकी मान बहादुर तामाङ्गलाई रामले धेरै सम्झीएको रंग दर्पणलाई बताए।
तेस्तै आफ्नो यो कार्यको लागि सुरुदेखिनै आफ्नी पत्नी सानु माया तामाङ्गले सुख दु:खमा साथ दिएको पनि रामले बताए। स्पाईनल बोन म्यारोबाट अपाङ्गता भएका राम तामाङ्गले आफुले स्विमिङ्ग देखि अपाङ्गता भएकाहरुलाई डान्स सिकाउने पनि गर्दछन।
रामको यौटा आँखा समेत कम्जोर छ ,पूर्व मेची देखि पश्चिम महाकाली सम्मको यात्रा गर्न सफल भएको छु, यो कार्यको लागि मलाइ सुन्दर ढोका साथि समाजले साथ सपोर्ट दिएको छ, मेरो सपना भनेको अझै विश्व रेकर्ड राखेर गिनिजबुकमा नाम लेखाउने सपना हो तमाङ्गले भने। तेस्तै कार्यक्रममा अन्य धेरै अपाङ्गता भएकाहरु पनि उपस्तिथित थिए।
ह्विलचेयर मार्फत पूर्व मेची देखि पश्चिम महाकालीको यात्रा गरेर आएपछि पत्नी सानु माया तामाङ्ग संग खुसि साट्दै राम तामाङ्ग ,