रुकुम चौरजहारी

बरु मलाई जेलमा कुहिनदेउ तर नस्लावादी केपी ओलीसंग सम्झौता नगर सांसद चौधरी ,

रुकुम आठ विसकोट

चैत १३ , काठमान्डौ – टिकापुर घटनाको मुख्यदोषी ठहर गरिएर जेल जीवन बिताईरहेका जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले आफु जेलमा भएपनि आफु सांसद भएको बताएका छन्।

उनले हिजोमात्र जेलबाट एक विज्ञप्ति निकाल्दै जेलमा रहे पनि म सांसद हुँ। मेरो मर्यादा मलाई थाहा छ, म गलत शब्दले कसैलाई प्रहार गर्न परिकल्पना पनि गर्न सक्दैनँ,’ उनले भनेका छन्।

तेस्तै केही मिडिया र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रामक तथा कपोकल्पित अभिव्यक्ति सार्वजनिक गरेको भन्दै चौधरीले ध्यानार्षण भएको जनाएका हुन् ।

संसद भंगा गरेर पार्टी र जनताबाट एक्लो भएका प्रधानमत्री केपी शर्मा ओलीले आफुलाई सरकार टिकाउन जसपाले साथ् दिए रेशम चौधरीलाई जेलबाट रिहाई गर्ने बताएका थिए।

तेस्तै जसपाका नेताहरु महन्थ ठाकुर ,राजेन्द्र महत्तोपनि रेशम चौधरीको रिहाईको माग गर्दै वालुवाटार केपी ओलीलाई भेट्न पुगेका थिए।

यस्तैबेला जेलबाट रेशम चौधरीले भनेका छन् ,मलाई रिहा गर्न पूर्व राजपा पक्षका नेताहरु महन्थ ठाकुर ,राजेन्द्र महत्वले केपी ओलीसंग खुट्टा उचाल्नु पर्दैन कुनै सर्त नराख्नुहोला म निर्दोष छु ,बरु मलाई जेलमा कुहिन दिनुहोस तर बैमानी नश्लावादी धोकाको पर्यावाची बनेको केपी ओलीसंग कुनै सम्झौता नगर्नुहोला।