surkhet

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि,

surkhet

चैत १६ ,काठमान्डौ – त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ ।

बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले एक/एक गोल गरेका हुन्।नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालले जित हासिल गरेको हो ।

Gorkha

बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काउन सफल भएको थियो। थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको थियो।

Dailekh

नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो। विजेता टोली नेपालले पाँच हजार र उपविजेताले बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ।यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।

 

 

 

salyan