नेपाली लोकदोहरी क्षेत्रको ईतिहासमै पहिलो पटक अत्याधुनिक क्यामरा Red Epic बाट छायांकन गरियो पुर्णिमाको रात ,,
जेठ १४ – मगर्स क्रियसनको प्रस्तुतीमा गायिका टिका आले मगरको ‘पुर्णिमाको रात’ गीत मुना थापा मगर, टिका आले मगर र किरण सुवासको स्वरले सु-सजित छ । नविन रावलले संगीत भरेको यस गीतमा टिका आले मगर र बिमल सिंजाली मगरको शब्द रचना रहेको छ ।
गीतमा कृष्ण बि.सीको संगीत संयोजन रहेको छ भने गीतलाई मगर्स क्रियसनले निर्माण एवं बजार व्यवस्थापन गरेको छ ।
गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा अन्जली अधिकारी र नरेश बिर सिंहले निकै आकार्शक अभिनय गरेका छन् । चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा नवराज उप्रेतीको छायांकन, रबिन बिकको सम्पादन, सक्षम पुडासैनीको शृंगार, ध्रुव थापाको व्यबस्थापन रहेको छ ।
हेर्नुहोस भिडियो ,,