निकुञ्जको लापरबाहीले खोरबाट भागेको बाघ जसले बर्दियामा फेरी गर्यो आक्रमण एक जना घाईते ,
चैत १६ ,गुलरिया – गत चैत ४ गते बर्दियामा आक्रमण गरेर महिलाको ज्यान लागेको बाघले आज फेरी गुलरियामाथि आक्रमण गरेको छ। आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका १ का ३५ वर्षीय चुलाराम थारु गम्भीर घाईते भएका छन्।
खेतमा पानी चाहार्ने क्रममा बाघको आक्रमणमा परी चुलाराम थारुको टाउको, गर्धन र ढाडमा गहिरो चोट लागेको छ । अहिले उनको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो।
गत चैत ४ गते बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा निगुरोको साग टिप्न गएकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणमा मृत्यु भएको थियो।
पटक पटक बाघले आक्रमण गर्न थालेपछि उक्त बाघलाई ५ गते समातेर खोरमा राखीएको थियो,तर १० गते बाघले खोरको एंगल भाँचेर गंजल पसेको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिएका थिएका थिए ।
बाघ भागेपछि स्थानिय त्रसितमा रहेका थिए ,खोरमा अठुनेको बाघले खोरमा फलामको डन्डी भाँचेर भागेको निकुञ्जले जानकारी दिएपछि स्थानीयले निकुञ्जले लापरबाही गरेको प्रतिक्रिया दिएका थिए।
आज फेरी बाघले आक्रमण गर्दा एक जना पुरुष घाईते भएका छन्। उक्त क्षेत्रम हाल सम्म बाघको आक्रमणमा पनि १० जनाको ज्यान गईसकेको छ।
बर्दियामा महिलामाथि आक्रमण गरेको बाघ खोरबाट फेरी बाघ्यो सावधान रहन आग्रह ,