ललितपुरमा देखियो बर्ड फ्लु मासु र अण्डामा विशेष ध्यान दिन मन्त्रालयको आग्रह ,
चैत १७ ,ललितपुर – पछिल्लो समय राजधानी लगायत कर्णाली प्रदेश हुँदै ललितपुरमा वर्ल्ड फ्लु देखिएको छ। ललितपुर महानगरपालिका १४ नख्खुमा स्थानीय किसानले पालेका हाँस,लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ गोटा हाँस, ८५४ गोटा लोकल कुखुरा र १५४ गोटा बट्टाई नष्ट गरिएको छ ।
यस्तै ९४४ गोटा कुखुराको अण्डा र तीन सय ३५ किलो दाना पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएको वरपरको ठाँउलाई निसंक्रमण र उच्च सर्तकता अपनाइएको मन्त्रालयले जनाएको छ।