आज बाट देशै भरका म्यानपावर बन्द ,,श्रममन्त्रि बिस्ट भन्छन अब राज्य निर्मम हुन्छ ,,

जेठ १४ ,,काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायी विरुद्ध कडा रुपमा प्रश्तुत हुने संकेत गरेका छन् । आइतबार साँझ मन्त्रालयमा प्रमुुख म्यानपावर व्यवसायीलाई बोलाएर अब सरकार निर्मम रुपमा प्रश्तुत हुने चेतावनी दिएका हुन् ।
वैदेशिक रोजगार व्यवसायी पार्टीगत संगठनका अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी तथा पूूर्व अध्यक्षलाई मन्त्रालयमा बोलाएर मन्त्री विष्टले अब म्यानपावरमाथिको कारबाहीमा केन्द्रित हुुने संकेत दिएका हुन् । व्यवसायी सँगको छलफलको सुुरुमै मन्त्री विष्टले भने, ‘तपाईंहरुको सल्लाह सुुझावका लागि बोलाएको हुँ, तर सबै मान्नैपर्छ भन्ने छैन, अब म निर्णय गर्दैछुु ।’
मन्त्री कडारुपमा प्रश्तुत भएपछि धेरै व्यवासायीले खुलेर कुरा राख्न सकेनन् । व्यवसायीको तर्फबाट बोर्डका सदस्य हेम गुुरुङले दूतावासबाट माग प्रामाणिकरण गराउँदा कामदारको तलव तोकिनुु पर्ने कुरा गरेको भन्दै यसलाई सहज बनाइदिन आग्रह गरे । पूर्व अध्यक्ष प्रेम कट्वालले यसअघि कार्यदलले समेत सुुझाव दिए अनुसार कामदारले पाउने एक महिनाको तलव सेवा शुल्क वापत लिन पाउनुपर्ने माग गरे ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले भने, ‘सिन्डिकेट अन्त्यका लागि मन्त्रीको कदम स्वागत योग्य छ, हामीले केहि सहयोग गर्नुपर्छ भने गर्छौं । तर तपाईंले भेद्भाव गरेर कारबाही गर्नुभएको छ यसलाई सच्याउनुहोस् । सबै व्यवसायीलाई समान व्यवहार गर्नुहोस् राजनीतिक रुपमा विभेद नगरियोस् । सिन्डिकेटधारीका पछाडी शक्ति छ भन्दैमा कारबाही नगरि छाड्नुभएन । निमुखालाई मात्रै कारबाही गर्नु भयो ।’
पूर्वअध्यक्ष ढकालले तत्कालिन एमाले निकटका व्यवसायीलाई कारबाही नगरेको संकेत गरे । उनले स्वास्थ्य व्यवसायीलाई मात्रै कारबाही नगरि यसका लागि स्वीकृति दिने मन्त्री, सचिव लगायत सरकारी कर्मचारी पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।
व्यवासायीको तर्फबाट नेतृत्व गर्दै बोलेका ढकाल र मन्त्रीको केहि समय जुहारी नै चल्यो । ढकालले भने, ‘हामीलाई प्रहरीले कारबाही गर्न पाउँदैन, श्रम मन्त्रालय मातहतको विभागले गर्ने हो । अहिले तपाईंले प्रहरी परिचालन गर्नु भएको छ यसले राज्य आतंक सिर्जना भएको छ यसलाई तत्काल बन्द गर्नुस् । तपाईंलाई के विवरण चाहिएको हो भन्नुस् हामी उपलब्ध गराउँछौं । अनुुगमन गर्न विभागका कर्मचारी पठाउनुहोस् । आज पुलिस आउला, भोलि आर्मि आउला यो पारा ठिक भएन ।’

मन्त्री विष्टले जवाफ दिए, ‘राज्यले आफ्ना जुनसुुकै निकाय पनि परिचालन गर्न सक्छ । सिन्डिकेटवाला कसैलाई पनि बाँकि राखिंदैन सहयोग गर्नुहोस् तर तपाईहरु पनि व्यवस्थित हुनुुपर्छ । १५ सय व्यवसायीको काम छैन । र विमलजीले भनेजस्तै पक्षपात हुँदैन, सबैलाई कारबाही गर्छु ।’
पूर्वअध्यक्ष ढकालले दूतावासबाट माग पत्र स्वीकृत गराउने कुराले समस्या समाधानभन्दा पनि कर्मचारीले व्यापार गर्ने खतरा रहेको र धरौटी बढाएर पनि अहिलेको समस्या समाधान हुुन नसक्ने बताए ।
त्यसपछि मन्त्रीले सुनाए, ‘म नाम लिन्न तर मलाई एक जना वैदेशिक रोजगार विज्ञले त म्यानपावर कम्पनीको धरौटी २० करोड पुु¥याउन सुुझाव दिएका छन् । ’
‘माफ गर्नुस् मन्त्री ज्यू म ३० सेकेन्ड समय लिन्छुु’, व्यवसायी ढकालले भने, ‘नेपालमा वैदेशिक रोजगार विज्ञ नै छैनन् । विदेशबाट डलर ल्याएर बोल्नेहरु दलाल हुन् विज्ञ हैनन् उनीहरुका कुरा सुनेर जथाभावि निर्णय नगर्नुुहोस् । उनीहरु त यहाँ अस्तव्यस्त बनाएर बाहिरबाट डलर माग्ने र रोजिरोटी चलाउने मेलो मात्रै हो ।’
मन्त्री विष्टले पहिलो पटक म्यानपावर व्यवसायीसँग औपचारिक छलफल गरेका हुन् । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने दावी गर्दै आएका मन्त्रीले स्वास्थ्य परीक्षण, भिसा लगायत विभिन्न प्रक्रियाका नाममा ठग्नेलाई कारबाहीको दायरामा ल्याएको केहि दिनमै व्यवसायीलाई बोलाउन अर्थपूर्ण भएपनि खास कुनै निर्णय भएन ।
छलफलपछि एक व्यवसायीले भने, ‘अब म्यानपावरको धरौटी बढाउने र कारबाही थाल्ने योजना रहेछ, हामीलाई साची बकाउन बोलाएका रहेछन् ।आजको देश संचारले समाचार लेखेको छ ,,
