आज प्रतिनिधिसभा बैठक बस्दै ,

चैत १८ ,काठमान्डौ – आज अपराहन्न १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। आजको संसद बैठकमा दुई पूर्व सांसदको निधनमाथि शोक प्रस्ताव पारित गर्ने उल्लेख रहेको कार्यसूची छ । गत चैत १३ गते निधन भएका पूर्व सांसद नेपाली काँग्रेस नेता नविन्द्रराज जोशी र चैत १६ गते निधन भएकी पूर्व सांसद एवं काँग्रेस नेतृ लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

तेस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले आफ्नो समितिको वार्षिक प्रतिवेदन बुझाउने कार्यसूची तय पनि गरिएको बताईएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको १ महिना समय बितिसकेपनि सदनको कामकारवाही नियमित चल्न सकेको छैन ।

सरकारले सदनलाई काम गर्नका लागि ‘बिजनेस’ नदिएका कारण सदनमा हुने नियमित गतिविधि सञ्चालन हुन सकेको छैन् भने विभिन्न विषयगत समितिबाट पारित भएका विधेयकहरु पास हुन सकेका छैनन् ।