दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो ,
चैत २० दाङ-,दाङमा शुक्रवार बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।दाङको तुलसीपुरदेखि भालुवाङका लागि छुटेको लु १ ख ९८६३ नम्बरको बास लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले बताएको छ ।
दुर्घटनामा लमही नगरपालिका निवासी २९ वर्षीय अतिराम चौधरी र रुपन्देहीको सैनामैना नगरपालिका निवासी २८ वर्षीय यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना २७ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा लमही नगरपालिका–१ निवासी ४६ वर्षीय बेलपति चौधरी, ७० वर्षीया लिलावती चौधरी, ४० वर्षीया आशा चौधरी, लमही नगरपालिका–२ निवासी ५४ वर्षीया सीता चौधरी, ५५ वर्षीय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षीया बबी चौधरी, ३० वर्षीय श्यामकुमारी चौधरी, लमही नगरपालिका–५ निवासी १८ वर्षीया अनुजा चौधरी, लमही नगरपालिका–६ निवासी ६३ वर्षीय यमराज नेपाली घाइते भएका छन् ।
त्यसैगरी, लमही–६ निवासी ३९ वर्षीया निर्मला नेपाली, ३२ वर्षीया सुनीता नेपाली, ६१ वर्षीय जंगबहादुर घर्ती, २७ वर्षीया दिलु चौधरी, लमही नगरपालिका–७ निवासी ३८ वर्षीया चन्द्रकली चौधरी, लमही नगरपालिका–९ निवासी ३२ वर्षीय कमल चौधरी घाइते भएका छन् ।
राप्ती गाउँपालिका–१ निवासी २८ वर्षीया दिलकुमारी चौधरी, राजपुर गाउँपालिका–१ निवासी २७ वर्षीया सावित्री वली, दुई वर्षीया रोशी वली, राजपुर गाउँपालिका–४ निवासी ४० वर्षीया फूलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका–१ निवासी ५१ वर्षीय तेजप्रसाद घर्ती, ५४ वर्षीया लालमाया घर्ती, घोराही उपमहानगरपालिका–१५ निवासी १८ वर्षीया अञ्जना चौधरी, २० वर्षीया आरती कुँवर, २० वर्षीया शीतल कुँवर, मोरङ घर भएका ३६ वर्षीय खड्कबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका–२ निवासी ३२ वर्षीया सुशीला पोखरेल, १२ वर्षीय सिम्बोल सुवेदी र घोराही उपमहानगरपालिका–७ निवासी ४५ वर्षीय श्यामकुमारी चौधरी दुर्घटनामा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ओरालोमा बसको ब्रेकफेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।