धनुषामा ९ गते देखि वेपत्ता पारिएकि किशोरी अझै फेला परिनन प्रशाशन बेखबर ,
चैत २१ ,धनुषा – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ बस्ने श्याम रविदासको १९ वर्षीया छोरी वेपत्ता पारिएकोे छ । स्थानीय नथुनी मिया कवाडीको छोरा मोहम्मद कलम हुसैन राईन आफु विवाहित भएको बाबजुद १९ बर्षिय बालिकालाई बारम्बार प्रेम प्रस्ताव गर्दै आईरहेको थियो ।
प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा मोहम्मद कलम हुसैन राईनले नै अपहरण गरेको हुन सक्ने हाल उनी गायब रहनुले बुझिन्छ, पिडित परिवारको भनाई छ । बालिका चैत्र ९ गते सोमबार देखि बेपत्ता रहेको पिडित परिवारले बताएको छ ।
मिति २०७७ चैत्र १२ गते राती आरोपी मोहम्मद कलम हुसैन राईनका भाई सहितको समूहले पिडित परिवारका सदस्य उपर हातपात समेत गरेको छ । पिडित परिवार दलित गरिब एवं कमजोर भएकै कारण बारम्बार उनी माथि राजनैतिक संरक्षणको आडमा आरोपी मो. कलम हुसैन राईनका परिवारले आक्रमण गर्दै आएको छ ।
यथाशिघ्र बालिकालाई खोजतलाश गरी घटनामा संलग्न अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न प्रशासन समक्ष पिडित परिवारले अनुरोध गरेको छ ।
बहुसंख्यक हिन्दूहरुको देशमा समेत हिन्दू समुदाय नै असुरक्षित हुनु अत्यन्तै दुखद विषय हो । गलत मनसायले सक्रिय एक विशेष समुदायको क्रियाकलापले समग्र हिन्दू समुदाय आजित एवं त्रसित रहेको पछिल्लो घटनाक्रमहरुले देखाएको छ,।
केही महिना पूर्व काठमाडौंको सीतापाइलामा बस्ने ’ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया पवित्रा कार्कीले प्रेम प्रस्ताव अस्वीकार गरेको निहँुमा रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौंको डल्लु बस्ने ४७ वर्षीय विवाहित मोहम्मद आलमले एसिड प्रहार गरेको थियो ।
हिन्दू समुदाय विरुद्ध सक्रिय लव जिहादी आतंकवादी मनोवृतिका झुण्डलाई प्रशासनले समय मै तह लगाएन भने समग्र देश कै लागि घातक हुने निश्चित छ ।