सुर्खेतमा दुई दिदीबहिनी जंगलमा झुण्डिएको अवस्थामा मृत फेला,
चैत २१ ,सुर्खेत – सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकामा घाँस काट्न गएका दिदीबहिनी जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडान ६ बाबियाचौरमा बस्दै आएका सुनिता गुरूङ र सुमित्रा नेपाली झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले बताए ।
हिजो बिहान ८ बजे घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए ।
मृतकको शवलाई पोष्टमार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ,घटनाको थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको हो।
तस्विर ललिता विश्वकर्मा ओडको सामाजिक संजालबाट ,