रुकुम चौरजहारी

विज्ञानको हाउगुजीमा धर्ममा प्रहार भक्तपुरको बिस्केट जात्रा ,

रुकुम आठ विसकोट

चैत २३ ,काठमान्डौ – यो वर्षपनि भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा प्रशाशनले रोक लगाएपछि स्थानीयले आक्रोस पोखेका छन् । बिस्केट जात्रा आठ दिन नौ रातसम्म मनाउने गरिन्छ ,कोरोनाको महामारी देखाउदै स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम नगर्ने निर्णय भएको छ ।गत वर्षपनि कोरोनाको महामारी देखाउदै बिस्केट जात्रामा अरोक लगाईएको थियो भने यो वर्षपनि कोरोनाकै कारण देखाएर बिस्केट जात्रामा रोक लगाईएको हो।

तेस्तै सरकारले राजनीति गर्दा देशभरका जनता बटुलेर भेडा बाख्रा जस्तै खादेर जम्मा गर्दा कोरोना नाफैलिने तर स्थानीयले बिस्केट जात्रा मनाउन जम्मा हुँदा कोरोना लाग्छ भन्नुले धर्म, संस्कृति, रिती, रिवाजमा अरोक लगाउन खोजेको देखिन्छ।

कोरोनाको कारण देखाउनु भन्दा जात्रामा आउने हरेक मान्छेलाई परिक्षण गर्नुपर्ने अन्यथा जात्रा मनाउन दिनुपर्ने स्थानीयको माग छ। रोक लाउअ सजिलो छ तर संचालन गर्न गाह्रो छ सुरक्षित भएर जात्रा चलाएर देखाउ, संस्कृति संरक्षण गरेर देखाउ ।

विज्ञानको हाउगुजीमा धर्ममा प्रहार नगर भन्दै स्थानीयले सरकारको विरोध गरेका छन् । यो वर्ष चैत २८ गतेबाट बिस्केट जात्रा सुरु हुँदै छ । तेस्तै बिस्केट जात्रामा प्रशःसनले रोक लगाएपनि आफुहरुले जात्रा मनाउने एक स्थानीयले बताए ,सरकारले यो वर्ष होलि पर्व नमनाउन आग्रह गरेपनि वसन्तपुरमा ठुलो समूहमा होलि पर्व मनाईएको थियो।