रुकुम चौरजहारी

सांसद पद गुमाएका चार मन्त्रीले लिए शपथ,

रुकुम आठ विसकोट

चैत २७ ,काठमान्डौ – सांसद पद खारेज भएर पुनर्नियुक्ति पाएका चार मन्त्री द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आज सपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट सांसद बनेका तर दल परित्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका चार मन्त्रीले सांसद पद खारेज भएको दोस्रो दिन पुनर्नियुक्ति पाएका थिए । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितलनिवासमा पद तथा गोपनियताको शपथ लिदै पुनर्नियुक्ति पाएका हुन् ।

भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ निर्वाचित चौधरी पनि माओवादी छोडेर एमालेतिर लागेका थिए ।

भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनीहरूले फेरि सोही मन्त्रालयको जिम्मेवारी पाएका राष्ट्रपतिले कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले दल त्याग गरेका सांसदहरूको पद खारेजीका लागि संसद् सचिवालयलाई पत्र लेखेको थियो । उक्त पत्रअनुसार चारैजनाको सांसद पद बिहीबार खारेज भएको थियो ।