कर्णालीका तिन मन्त्रिको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा शाहीले थपे जिम्मेवारी ,
चैत २८ ,सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा गरेका मन्त्रीहरुको राजिनामा स्वीकृति गर्दै रिक्त रहेका मन्त्रालयमा मन्त्रि नियुक्ति गरेका छन्।
पुर्व एमालेबाट मन्त्रि बनेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले दिएको राजिनामालाई शाहीले आज स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
राजीनामा स्वीकृत गरेपश्चात शाहीले आर्थिक मामिला तथा योजना मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय नरेश भण्डारी र भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई तोकेका हुन् ।
गत २५ गते आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष सामूहिक राजीनामा दिएका थिए ।
सर्वोच्चले पुर्व एमाले र माओवादीलाई ब्युताईदिएको छ। केपी शर्मा ओलीले गत पुष ५ गते संसद भंग गरेपछि विघटन बनेको एमालेपनि अहिले तिन धारमा छ भने माओवादी आफ्नै बाटोमा हिडिरहेको छ।कर्णाली प्रदेश सरकारबाट पुर्व एमालेहरु आफ्नै पार्टीमा फर्केका छन् ।
यो संगै कर्णाली सरकार अल्पमतमा परिसकेको छ ,अबको सरकार निर्माणमा श्हैले विश्वासको मत लिनुपर्ने छ वा विपक्षपार्टी नेपालि कांग्रेससंग तालमेल गर्नुपर्ने छ।