प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सुकुम्बासीको घर भत्काईयो,१ अर्बको भ्यु टावर बनाईने ,

चैत २९ ,दमक – प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ओली गृहनगर दमकमा सुकुम्बासीका घर भत्काईएको छ। सुकुम्बासीका घर भत्काएर ओलीले सो क्षेत्रमा १ अर्ब लगानीमा १८ तले भ्यु टावर बनाउन लगाएका हुन्।

भ्यु टावरनजिक सात तलाको सपिङ्ग कम्पलेक्स बन्दै छ ,सपिङ्ग कम्प्लेक्सको लागि वर्षौबाट बसिरहेका सुकुम्बासीको बासस्थान डोजर लगाएर भत्काईएको छ ,अहिले उनीहरु सडकमा अत्रिपाल लगाएर बसिरहेका छन्।

प्रधानमन्त्रिका भतिज दमकका मेयर रोमनाथ ओलीको निर्देशनमा शुक्रबार सुकुम्बासीका घरमा डोजर चलाइएको थियो । सो क्षेत्रमा करिब १० कट्ठा जमिनमा बस्दै आएका दमक,७ हाटखोलाका १२ घर र ४ कट्ठामा बस्दै आएका पञ्चमुखी टोलका ८ घर सुकुम्बासीको बिचल्ली उठिबास भएको छ ।

उक्त क्षेत्रमा थुप्रै सुकुम्बासी बस्ने गर्दछन ,सुकुम्बासीलाई सुचना समेत नदिएर घर भत्काईयको पञ्चमुखी टोलबाट उठीबास लागेपछि बिचल्लीमा परेकी ठगकुमारी साउदेनले बताइन।

प्रहर कार्यलाय वडा कार्यालय कहिपनि सुचना जानकारी नदिएर एक्कासी डोजर लगाएर घर भत्काइयो आफुहरुले भाँडा कुँडा समेत राख्न नपाएको बिचल्लीमा परेकी अर्की पीडित समिरा राईले बताईन।

नगरपालिकाले जमिन छोड्न दबाब दिदै आईरहेको थियो ,शुक्रबार करिब ५०० सुरक्षा परिचालन गरेर सुकुम्बासीका घर, टहरा भत्काईयको हो। उनीहरुले हजार बिन्ति गरेपनि लगातायार डोजरले खानी रह्यो अब हाम्रो जाने कहिँ ठाँउ छैन ,के गरि खाने हो नगरपालिकाले किन हामि माथि यसरि अन्या गरेको हो रुदै पीडितले भने ।

एक वर्ष अगदिपानी सो क्षेत्रमा डोजर चलाईएको थियो ,सुकुम्बासीलाई भने कुनै स्थानमा बस्ने बासस्थानको जोहो भएन। उक्त क्षेत्रमा २००७ सालदेखिनै सुकुम्बासी बस्दै आईरहेका छन्।