नेपालि कांग्रेस पदाधिकारी बैठक बस्दै,

चैत २९ काठमान्डौ – नेपालि कांग्रेस पदाधिकारी बैठक बस्दै छ। पार्टी कार्यालय सानेपामा आज दिउँसो दुई बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१४ औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए। पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ ।

उनका नुसार सोमबार केन्द्रीय कार्यसमितिको बैठक बस्ने छ र बैठकले एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ ।सम्भवत आजको बैठकले नयाँ सरकारको गठनबारे छलफल हुने छ।

२७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । छलफलमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका थिए।