गोंगबु नयाँ बसपार्कको गेस्ट हाउसमा युवकको शव फेला,

चैत २९ ,काठमान्डौ – काठमान्डौको गोंगबु नयाँ बसपार्कको गेस्ट हाउसमा युवकको शव फेला परेको छ। गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको बस्नेतले जानकारी गरे।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा घर्ती सँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।