भारतीय गृहमन्त्रीले ढाका टोपी लगाएर भने वीर गोर्खाली हाम्रा नेपालि दाजु भाई हुन् ,
चैत ,३१ ,काठमान्डौ – भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । नेपाली मूलका मतदाताको विश्वास जित्न पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले ढाका टोपी लगाएका हुन् ।
दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भनेका छन् ,गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैसँग लड्न सक्छ ।’
गोर्खालीहरुको समृद्ध इतिहास रहेको चर्चासमेत गरे । उनले अगाडी भनेका छन् ‘जब देशभक्त समुदायको नाम लिइन्छ, त्यतिबेला गोर्खालीहरुको नाम सबैभन्दा पहिला गर्वले लिने गरिन्छ ।
तेस्तै उनले बंगालमा भारतीय जनता पार्टीको सरकार बनेमा गोर्खाली समुदायमाथि लगाइएका सबै मुद्दा एक साताभित्रै फिर्ता लिइने प्रतिबद्धता पनि जनाएका छन् ।
#WATCH: Union Home Minister and BJP leader Amit Shah addresses a public rally in Darjeeling, says, "Gorkha and Nepali brothers – if somebody tries to scare you, don't be scared. BJP can fight anyone to protect the honour of Gorkhas and Nepalis."#WestBengalElections pic.twitter.com/bzZBoSXHd2
— ANI (@ANI) April 13, 2021