मध्यपुर थिमीको सिन्दुरे जात्रालाई तस्विरमा हेर्नुहोस ,
बैशाख २ ,भक्तपुर – भक्तपुरको थिमिमा आज सिन्दूर जात्रा मनाइएको छ । भक्तपुरको बिस्काः जात्रासँगै हरेक वर्ष वैशाख २ गते थिमिमा मनाइने सिन्दूर जात्रा यहाँको ठूलो चाडमध्ये एक हो ।
यस दिन स्थानीयहरुले बालकुमारी मन्दिरमा गई पूजा गरी बलि दिने चलन रहेको छ । थिमि र वरपरका गाउँहरुमा रहेको देवदेवीहरुको मूर्ति खटमा राखी बाजागाजासहित सिन्दूर छर्दै बालकुमारी मन्दिरमा भेला हुने प्रचलन रहेको छ ।
सबै ठाउँबाट खट ल्याइएपछि सिन्दूर छर्दै बालकुमारी मन्दिर परिक्रमा गरी सिन्दूर जात्रा सुरु गरिन्छ र थिमि नगर घुमेर आ–आफ्नो ठाउँमा गई जात्रा मनाउने गरिन्छ । गत वर्ष कोरोनाभाइरसको कारण यो जात्रा रोकिएपनि यो वर्ष धुम धामले जात्रा मनाईएको हो ।
जात्रामा सामेल जोकोहीले पनि माक्स लगाएका छैनन्। उनीहरुले कोरोनालाई वास्ता गरेका छैन्न भने जात्राको रौनकमा रमाएका देखिन्छन।