रुकुम चौरजहारी

एमालेका चार सांसद जस्ले राजनीतिक गेम चेन्जर गरे ,

रुकुम आठ विसकोट

बैशाख ३ सुर्खेत – कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने गरेका छन ।

जस्मा एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।

याेसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका हुन ।

विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए ।

जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका हुन ।

शाहीको पक्षमा नेपाली काङ्ग्रेसले विश्वासको मत दिएपनी शाही नेतृत्वको सरकार धल्ने करिब निश्चिति थियो । नेकपा एमाले संसदीय दलका नेता यमलाल कडेलले शाहीको विपक्षमा मत हाल्न ह्विप गरेका थिए ।

तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् ।

यसअघि शाही नेतृत्वको सरकारमा ज्वाला र बुढा मन्त्री रहेका थिए । एमालेका  ज्वाला र बुढा सहितका तीन मन्त्रीले २४ चैतमा पदबाट राजीनामा दिएका थिए ।

ज्वाला आर्थिक मामिला ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  थिए ।

उनिहरुको राजीनामा पछि एमालेको सरकार बन्ने चर्चा चलेको थियो तर चार मन्त्रीले गेम चेन्जर गरेपछी शाही नेतृत्वको सरकार बनेको हो ।