सरकारले पाउने भयो दुई तिहाइ

१५ जेठ, काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले पनि यसै साता सरकारमा सहभागी हुने निणर्य गरेको छ । सोमबार नेकपा र फोरमबीच बीच भएको दुई बुँदे सहमतिसँगै फोरम प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने भयको छ।

फोरमले यसअघि संविधान संशोधनका लागि सरकाले लिखित सहमति गर्नुपर्ने अडान राख्दै आएको थियो । मधेस आन्दोलनको मागका रूपमा ‘आपसी सहमतिका आधारमा संविधान संशोधन’ गर्ने सहमतिमा उल्लेख छ ।

 

सरकारले फोरमलाई महत्वपूर्ण दुई मन्त्रालयको नेतृत्व र एक राज्यमन्त्री दिन तयार भएको बताइएको छ । प्रधानमन्त्री ओलीले फोरमलाई सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।