कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन क्रस फ्लोर गर्ने तिन मन्त्रि ,

बैशाख ४ ,सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । मन्त्रीमण्डल पुनर्गठन गर्दै मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका हुन् ।

नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
उनीहरूले शुक्रबार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । यस्तै शाहीलाई विपक्षदल नेपाली कांग्रेसले समर्थन गरेको थियो। यस्तै मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसलाईपनि सरकारमा समेट्ने तयारी भइरहेको बताईएको छ।
