रुकुम चौरजहारी अस्पतालमा कार्यरत डा .दिपेन्द्र गौतम प,क्राउ ,

बैशाख ५ ,रुकुमपश्चिम – कर्णाली प्रदेशको रुकुम चौरजाहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम चौरहजारि अस्पतालबाटनै पक्राउ परेका छन्। गौतमलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबिको टोलीले अस्पतालबाट पक्राउ गरेको जानकारी गरेको छ।

गौतममाथी एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा उनलाई चौरजाहारी अस्पताल बाटनै पक्राउ गरिएको ब्युरोले जनाएको हो। लिखित सम्बन्धि मुद्दामा जिल्ला अदालत काठमान्डौको आदेशपछि उनलाई पक्राउ गरिएको बताईएको छ।

मनाङको कामे गाउँपालिका वडान ५ का डा .गौतममाथी एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नकलि भएको खुल्न आएको हो। पक्राउ परेका गौतममाथि थप अनुसन्धान भईरहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबिले जनाएको छ।