रुकुम चौरजहारी

केपी ओलीको निर्णय बदरको माग गर्दै माधव नेपाल समूह निर्वाचन आयोगमा ,

रुकुम आठ विसकोट

बैशाख ६ ,काठमान्डौ – पार्टीको विवाद समाधानका लागि भन्दै नेकपा एमाले माधव नेपाल समूहका नेताहरु पून: निर्वाचन आयोग गएका छन् ।नेपाल समूहका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली आइतबार दिउँसो आयोगमा पुगेर विवाद निरुपण गराउन भन्दै एक पत्र बुझाएको थियो।

सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।

आयोगलाई एक पत्र बुझाउँदै ओलीका निर्णय अवैधानिक भएको जानकारी गराएको नेपाल-खनाल समूहका नेताहरुले बताए । पार्टीमा हुँदै नभएको अधिकार प्रयोग गरी अध्यक्ष ओलीले निर्णय गरेकोमा उनीहरु आपत्ती समेत थियो ।

महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटी भंग गर्ने, महाधिवेशन आयोजक कमिटी बनाउने र केन्द्रीय कमिटी विस्तार लगायत ओलीले गरेका निर्णय बदर गरिनुपर्ने नेपाल समूहको तर्क छ ।

आयोगका पदाधिकारीहरुले नेपाल समूहको उक्त पत्र बुझेर अध्ययन गरी जवाफ दिने जनाएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि नेकपा स्वत विघटन भइ माओवादी केन्द्र र एमाले पहिलेकै अवस्थामा फर्किएका हुन् ।