नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै ,

बैशाख ६ ,काठमान्डौ – प्रतिपक्षदल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । हिजो बोलाईएको बैठकमा अटयारी नपुगेको भन्दै कांग्रेसले आज दुइन्सो चलिरहेको बैठक दिउँसो दुई बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने पौडेलले बताए । कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।