पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै,
बैशाख ६ ,काठमान्डौ – सरकारे पाँच वर्ष मुनीका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउदै छ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमण तिब्र बढिरहेकोले आफ्नो पायकपर्ने ठाँउमा पुगेर सामाजिकदुरी कायम गर्दै जुका र भिटामिन ए को औषधि खुवाउन पनि मन्त्रलयले आग्रह गरेको हो।