होटल तथा रेष्टुरेन्ट विहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइने,

बैशाख ६ ,काठमान्डौ – सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै होटल तथा रेष्टुरेन्ट सञ्चालनमा नयाँ नियम लागु गर्दै बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त समयपछि होम डेलिभरी सेवा मात्रै उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए ।

त्यसका साथै सरकारले राष्ट्रिय राजमार्गमा भएका होटल तथा रेष्टुरेण्टमा भिडभाड नहुने व्यवस्था मिलाइ आलोपालो गरी सेवा दिनुपर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले सार्वजानिक सवारी साधनमा सिट संख्या भन्दा धेरै सवारी नराख्न र माक्स प्रयोग नगर्नेलाई स्वर हुन नदिन समेत आग्रह गरेको छ।यस्तै सार्वजानिक स्थानमा २५ जना भन्दा बढी जम्मा नहुन समेत सरकारले सबैमा अनुरोध गरेको छ।