आज चैते दशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै,
बैशाख ७ ,काठमान्डौ – चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी आज घर घरमा चैते दसैँ मनाउने गरिन्छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गर्ने धार्मिक परम्परा रहेको छ ।
चैतेदशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदैछ । तेस्तै आज काठमाडौं उपत्यकाका गुहृयेश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।
यस वर्ष पनि मंगलबार बिहान पूजा आराधना गरी हनुमानढोका दरबारमा ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हो।गत बर्ष कोरोन अमहमारीको कारण पशु चौपाएलाई बलि नदिएर पुजा आर्धनामा मात्र गरिएको थियो। यो वर्षपनि सरकारले कोरोना संक्रमण कायमनै रहेको कारण भिड भाड नगर्न आग्रह गरेको छ ,तर देशमा अहुने विभिन्न चाड पर्व धुमधामका साथ् मनाईएको छ।