भारतबाट नेपाल आएका पूर्वराजा दम्पतिलाई कोरोना संक्रमण,

बैशाख ७ ,काठमान्डौ – भारतबाट नेपाल आएका पूर्वराजा दम्पति ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

सो परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । तेस्तै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको हो ।