आकाशबाट सयौंको संख्यामा गिद्ध जमिनमा खसेपछि स्थानीय त्रसित ,
बैशाख ८ ,नवलपरासी पश्चिम – गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् ।
मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ ।
गिद्धहरूमा विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँने क्षमतावान हुन्छन ।गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ ।
फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्ने पृथ्वीचन्द्र अस्पताल परासीका प्रमुख डाक्टर नुरहोदाले बताए । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ ।
हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख गरिएको छ ।ठुलो संख्यामा गिद्ध मृत फेला परेपछि वरिपरिका स्थानिय त्रसित भएका छन् ।
गिद्धलाई यतिबेला सरकारले संरक्षणको सुचिमा राखेको अवस्था रहेको वर्तमान समयमा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ४ जितपुरको पाल्हि बहुमुखी क्याम्पसको पछाडि खाली चौरमा सय भन्दा बढिको संख्यामा गिद्ध मृत फेला पर्नु चिन्ताको विषय भएको सरोकारवालाहरुले बताएका छन् ।
घटना प्रकृति हेर्दा सिनोमा विषादी मिसाएर फालेको अवस्थामा गिद्धले उक्त सिनो खाँदा अकालमा ज्यान गुमाउन पुगेका हुन सक्ने स्थानीय संचारकर्मी सुरेश यादवले बताए ।
रविन्द्र यादव ,,नवलपरासी पश्चिम