शैक्षिक प्रमाणपत्र धितोमा राखेर ७ लाख ऋण उपलब्ध गराउने सरकारको घोसना ,,
जेठ १५ , काठमाडौं – सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा युवालाई ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भयको छ । अर्थमनत्री युवराज खतिवडाले आर्थिक वर्ष ७५ /७६ को बजेट प्रस्तुत गर्दै ५ प्रतिशत ब्याजदरमा शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने घोषणा गरे ।
यसका लागि सरकारले रोजगार प्रत्याभुति ऐन नै ल्याउने भएको छ । यसलाई पूर्ति गर्न बेरोजगारलाई रोजगारी दिन ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले ’ अघि सारेको हो ।
त्यसैगरी सरकारले वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई सहुलियत ब्याजदरमा १० लाखसम्म ऋण दिने व्यवस्था गर्ने भएको छ ।
सरकारले इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गरिने बजेट भाषणमा उल्लेख छ ।
यसका लागि कृषि, उधोग , वन, शिक्षा, स्वास्थ्य, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, मन्त्रालयसहित पुनर्निर्माण प्राधिकरण लगायतका निकायलाई आˆआफ्ना क्षेत्रमा आवश्यक जनशक्तिको विवरण राख्न लगाइनेछ ।
श्रम मन्त्रालयको प्रस्तावअनुसार यो कार्यक्रमका रुपमा अघि बढाउन लागिएको हो ।
मन्त्री खतिवडाले शिक्षा तथा विज्ञान प्रविधि क्षेत्रका लागि एक खर्ब ३४ अर्ब बजे छुट्याइएको पनि जानकारी दिएका छन् ।