उठ्यो ऐतिहासिक धरहरा पुनर्निर्माण समुद्घाटनका तस्विरहरु ,

,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ साल बैशाख १२ गतेको महामारी भूकम्पले धेल्को धरहरा पुनर्निर्माण गरिपछि ओलीले आज उद्घाटन गरेका हुन्।

धरहरा पुनर्निर्माण भनिएपनि यो धरहरा नयाँ बनाईएको छ ,भूकम्पले भत्किएको धरहराको भग्नावशेषलाई कायमै राखेर केहि मिटरको छेउमा नयाँ बनाइएको हो ।

उद्घाटनपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पवृष्टि गरेका थिए ।उद्घाटन भएपनि सर्वसाधारणका लागि यो तत्काल खुला हुनेछैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो।

तेस्तै अहिलेको धरहरा आधुनिक डिजाईनले बनाईएको हुँदा अब नढल्ने ओलीले बताए। धरहराको टुप्पोमा चढेपछि ओलीले आफुलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताए ।