उपत्यकामा निषेधाज्ञा हुने जानकारीपछि घर जानेको लहर ,
बैशाख १४ ,काठमान्डौ – सरकारले बिहिबारदेखि उपत्यकामा निषेधाज्ञा हुने जानकारीगरेपछि घर जानेको लहर देखिएको छ। कोरोना संक्रमण तिब्र भएपछि सरकारले उपत्यकाका तिन जिल्ला काठमान्डौ ,भक्तपुर।
ललितपुरमा १६ गते देखि निषेधाज्ञा गर्ने निर्णय गरेको छ। जसको लागि सरकारले उपत्यका छोड्नेलाई तिन दिनको समय दिएको थियो।
अहिले उपत्यका छोड्नेको बसपार्कमा बाक्लो भिड देखिने गरेको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो र आज गरि १ लाखले उपत्यका छाडेका हुन् । अहिले उपत्याकाका विभिन्न बस स्टेसनमा आ आफ्नो घर जानेको भिड देखिने गरेको छ।