Gold

माओवादी केन्द्रको सरकारसंग माग कोभिड-१९ विरुद्ध सर्वपक्षीय संयन्त्र आवस्यक ,

Naumule Migrate

काठमान्डौ – नेकपा (माओवादी केन्द्र)ले कोभिड,१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले कोभिड–१९ को दोस्रो लहर विरुद्धको अभियानका लागि सर्वपक्षीय संयन्त्र बनाउन माग गरेको हो ।

तेस्तै बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, स्वाथ्यकर्मी, जनस्वास्थ्यविद् ,संचारकर्मी सबै एकताबद्ध भएर हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताएको छ। तेस्तै भारतका सिमा नाका कडाईका साथ् बन्द गर्नुपर्ने पार्टीले सरकारसंग माग गरेको छ।

निजी अस्पतालहरुसमेतसँगको सल्लाह सुझाव लिएर उनीहरुको पन सहयोग लिएर डेडिकेटेड कोभिड हस्पिटल तत्काल सञ्चालन गर्न सरकारसँग बैठकले माग गरेको छ ।

साथै अक्सिजन, भेन्टिलेटर, आइसोलेसन सेन्टरको व्यवस्था गर्न, आवश्यक औषधि, अन्य स्वास्थ्य सामग्री, चिकित्सक, सुरक्षाकर्मीहरुको सुरक्षामा ध्यान दिँदै उनीहरुलाई काम गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ।

बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भनेका छन् ,कोभिड–१९ का कारण किसान, मजदुर, श्रमजीवी वर्गहरुलाई छाक टार्न नै समस्या देखिएको हुँदा उनीहरुलाई तत्काल राहत प्याकेज दिन पनि माग गरेका छौ ।

Naumule Badhipahiro