रुकुम चौरजहारी

अत्यावश्यक काममा निस्कनेलाई निषेधाज्ञाको समयमा पनि पास नचाहिने ,

रुकुम आठ विसकोट

बैशाख १६ ,काठमान्डौ – निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो।

सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बिरामीका कुरुवा,सरकारी कार्यालय तथा सरकारी संस्थान , बैंक तथा वित्तीय संस्थाका विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी पास आवश्यक पर्ने छैन। काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले निकालेको सूचनामा उल्लेख छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। तेस्तै यस्तो कार्यमा कहिँ कतैबाट अवरोध आएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० वा १०३ मा फोन गर्नपनि जानकारी गरिएको हो।

तेस्तै अन्य सन्दर्भमापनि अत्यावाब्स्यक भनि पास लिएको पाईएको हुँदा अब मृ,त्यु, संस्कार र अत्यन्त जरुरी बाहेक अन्य सवारी साधनले कार्यालयबाट पास नपाउने उल्लेख गरिएको छ ।