रुकुम चौरजहारी

दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्रि ,

रुकुम आठ विसकोट

बैशाख १६ ,कास्की – गण्डकीमा प्रदेशमा दीपक मनाङे खेलुकद मन्त्रीको शपथ लिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डल हेरफेर गर्दै मनाङे लाई मन्त्री बनाएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएपछि मनाङेले सपथ लिएका छन् ,उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् ।

संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए । मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेर प्रदेश सभा सांसद बनेका मनाङ्गे अन्तत एमालेमा देखिएका छन्।