रुकुम चौरजहारी

सल्यानमा परिक्षा दिन हिडेकि छात्राको भिर बाटोमा लडेर ज्यान गयो ,

रुकुम आठ विसकोट

बैशाख १६ सल्यान – सल्यानमा परिक्षा दिन भनेर घरबाट हिडेकि एक छात्राको भिर बाटोमा लडेर ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ साउनेपानी अत्तरकाडा निवासी चन्द्रकला सार्कीको बिहान स्कुल जाने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय सल्यानले रंग दर्पणलाई जानकारी गराएको हो ।

कोभिड १९ लाई मध्य नजर गर्दै बिद्यालयले आन्तरिक परिक्षा संचालन गरेपछि भानुभक्त मावि दमाचौर कक्षा १० मा अध्यनरत चन्द्रकला बिहानै गणित विषयको परिक्षा दिन भनेर हिडेकि थिइन ।

घरबाट विधालयसम्म जाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिदै गर्दा सल्लाहको कुसुममा चिप्लिएर भिरबाट लडेको चन्द्रकलाका साथीहरुले जानकारी गराएका छन ।