कर्णालीमा माओवादीका सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा जम्मा गर्ने ,
बैशाख १७ ,सुर्खेत – नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक सिता नेपालीले बताईन।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक सीताकुमारी नेपालीले कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउनका लागि यो निर्णय गरिएको जानकारी दिइन् ।
तेस्तै बैठकले दलमा आवद्ध सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्र, प्रदेश सरकारका निकाय, स्थानीय तह र अन्य राजनैतिक दल लगायतसँग समन्वय गरी कोरोना प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवंम अनुगमन गर्ने समेत निर्णय गरेको छ ।
साथै मुख्यमन्त्री शाहीले वर्तमान समसामयिक राजनैतिक परिस्थिती र दलले खेल्नुपर्ने भुमिकाका बारेमा पनि जानकारी गराएका थिए ।