एमाले छोडेर माओवादीमा आएको हु, मलाइ कसैले अपहरण गरेको छैन प्रदेश सांसद विमला खत्री ,
बैशाख १९ ,काठमान्डौ – कमचलाउ बनेका प्रधन्मंत्री केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउन अनेक जाल झेल खेल खेलिरहेका छन्। लुम्बिनी प्रदेश सांसद बिमला खत्री माओवादीमा प्रवेश गरेलगतै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएका छन्।
लुम्बिनी प्रदेशको कामचलाउ सरकारका मन्त्री वैजनाथ चौधरीले प्रदेश सभा सदस्य विमला वली (विमलाकुमारी खत्री) अपहरणमा परेको दाबी गर्दै आएक छन्। सांसद बिमला खत्री भने माओवादीमा प्रवेश गरेपछि शंकर पोख्रेलको बहुमत छिनभरमै गुमेको छ ।
दाङबाट प्रदेशसभा ३ (ख) बाट खत्रीले नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभा निर्वाचित भएकी थिइन् । तेस्तै सांसद बिमला खत्रीले बाहिर समाचार आएजस्तो आफुलाई कसैले अपहरण नगरेको र आफ्नो खुसीले माओवादी केन्द्रमा आएको पत्रकार सम्मेलन गर्दै जानकारी गरेको छि।
एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको दावी गरेको थियो। तर बिमालाले अब नेकपा नरहेको भन्दै प्रेशबक्तब्य गारी गरेर नेकपा माओवादीकेन्द्रमा लागेको बताएकि छिन।
अब यो संगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परिसकेको छ ,अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् ,त्यो पनि माधव नेपाल पक्षका दुईजना सांसदले ओलीको खुलेरै विरोध गरेका छन्। विधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ ।
प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्। यो संगै लुम्बिनीमा सत्ता समीकरणको खेल सुरु भएको छ।