वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने ,
बैशाख १९ ,काठमान्डौ – सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । संसद्को बर्खे (बजेट) अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन आह्वास गर्ने र विश्वासको मत लिने निर्णय गरेको हो ।
तेस्तै कोरोना भाईरस तिब्र रुपले फैलीएपछि आन्तरिक उडान रोक्ने आजको बैठकले निर्णय गरेको छ।तेस्तै सरकारले अहिले २९ जिल्लमा निषेधाज्ञा गरेको छ। उपत्यका लगायत निषेधाज्ञा गरिएका जिल्लमा थप कडाई गर्नपनि सरकारले सबै निकायलाई आग्रह गरेको छ।