रुकुम चौरजहारी

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि,मनोबल उच्च राखेर डेरामै छु ,

रुकुम आठ विसकोट

बैशाख २० ,काठमान्डौ – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले आफ्नो सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्टार हस्पिटलमा स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

डा. अनुप बास्तोलाको निर्देशन अनुरुपको औषधि सेवन शुरु गरेको छु ,मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको शर्माले भनेका छन् ।

तेस्तै कोरोनाले महामारी लिनसक्ने भाड्ने सबैले उच्च सतर्कता अपनाउन र स्वस्थ्य मापदण्ड पालना गर्नपनि शर्माले सबैलाई आग्रह गरेका छन्।शर्माले आज भोलि समाजको यथार्थ चित्रण ऐना कार्यक्रम पनि चलाउने गर्दछन।