रुकुम चौरजहारी

कर्णाली सरकारले कोभिड १९ रोकथाम र उपचारकोलागि प्रतेक जिल्लालाई १ /१ करोड उपलब्ध गराउने ,

रुकुम आठ विसकोट

बैशाख २० ,सुर्खेत – कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रण उपचारको लागि कर्णालीका प्रतेक जिल्लालाई रु १ /१ करोड उपलब्ध गराउने निर्णय गरेको छ।

कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषदले गत १७ गतेको बैठकबाट १२ वटा निर्णयसमेत गरेको छ । तेस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमार्फत कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।

यस्तै प्रदेश सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन सर्वदलीय/सर्वपक्षीय निर्देशक समिति र सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ ।

डोल्पा जिल्ला ठुली भेरीनगरपालिकाको वडा संख्या र सिमाना हेरफेर गर्न नेपाल सरकार सम्क्ष पठाउने पनि प्रदेश सरकारले निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् ।